काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन तोलामा एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



