काठमाडौं । नेपाली बजारमा केहि दिन देखी स्थिर रहेको सुनको मुल्य आज बढेको छ ।
बुधबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बुधबार चाँदीको मुल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मुल्यमा कारोबार भइरहेको महासघंले जनाएको छ ।



