काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।



