काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।
आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।



