काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।
आज सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ। महासंघका अनुसार बिहिबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।



