काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।



