काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य ह्वातै बढेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।



