काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार २०० सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।



