काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



