काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ ।
आज सुनको मुल्य तोलामा २२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।



