काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य घटेको छ ।
आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य सामान्य घटेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।



