काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार घटेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहिबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।



