काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला एक लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।



