काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।



