काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर छ । सुन आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।



