काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
आज सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार सुनको मूल्य एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।



