काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला १ लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलामा ७५ रुपैँयाले बढेर प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।



