काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।



