काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।
आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।



