काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



