काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।



