काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।



