काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ३४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।



