काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको २३०५ मा कारोबार भएको थियो ।



