काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी तोलाको १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भएको थियो ।



