काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमाकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमाकारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।



