शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच भेटवार्ता,लिपुलेक मुद्दामा छलफल

एक्सप्रेस पाना
भाद्र १४, २०८२ शनिबार
  • 272
    SHARES
  • प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच भेटवार्ता,लिपुलेक मुद्दामा छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।

    images

    दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।

    Photo (4) (1).jpg

    images

    उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा समेत राखेको  परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । 

    सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # लिपुलेक मुद्दा