काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला २ लाख १६ हजार १ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



