काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख १६ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



