काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विहिबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो ।



