काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । मंगलबार सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



