काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



