काठमाडौं । नेपाली बजारमा लगातार नया रेकड बनाउँदै आएको सुनको मुल्य मंगलबार पनि बढेको छ ।
आज सुन तोलामा ८ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो ।
सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



