काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा ७ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो ।
बिहिबार सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



