काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



