काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेलमा नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ ।
टस जितेर युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।
नेपालका लागी कप्तान रोहित पौडेलले शतक बनाउँदै १०९ रन बनाए । त्यसैगरी आसिफ सेखले ३५ रन बनाउँदा आरिफले २७ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३ रन जोडे ।



