शुक्रबार, आश्विन २३ गते २०८३
images

मेसीको विदाइ खेलमा अर्जेन्टिनाको शानदार जित, बेनिन ३–० ले पराजित

एक्सप्रेस पाना
आश्विन २१, २०८३ बुधबार
  • 47
    SHARES
  • मेसीको विदाइ खेलमा अर्जेन्टिनाको शानदार जित, बेनिन ३–० ले पराजित

    काठमाडौं ।  लियोनल मेसीको विदाइ खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको छ। 

    images

    ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाको जितमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका थिए। खेलको सुरुवातदेखि नै अर्जेन्टिनाले आक्रामक खेल प्रस्तुत गरेको थियो। लगातार बेनिनको पोस्टमा दबाब बनाएको अर्जेन्टिनाले खेलमा आफ्नो नियन्त्रण कायम राख्यो।

    मेसीले दोस्रो हाफमा गोल गर्दै आफ्नो विदाइ खेललाई विशेष बनाएका हुन् । उनको गोलसँगै अर्जेन्टिनाका समर्थकहरू उत्साहित बनेका थिए। अन्ततः अर्जेन्टिनाले ३–० को सहज जित निकाल्दै मेसीको विदाइलाई सुखद बनायो।

    images

    मेसीको विदाइ खेल हेर्न उपस्थित समर्थकका लागि यो खेल भावुक र सम्झनलायक क्षण बनेको छ।

  • सम्बन्धित विषय:

  • # लियोनल मेसी