शुक्रबार, आश्विन २३ गते २०८३
images

वर्षाका कारण नेपाल–श्रीलंका खेल रद्द, नेपाल एसियाली खेलकुदबाट बाहिरियो

एक्सप्रेस पाना
आश्विन १३, २०८३ मंगलबार
  • 79
    SHARES
  • वर्षाका कारण नेपाल–श्रीलंका खेल रद्द, नेपाल एसियाली खेलकुदबाट बाहिरियो

    काठमाडौँ । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

    images

    निरन्तरको वर्षाका कारण जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा निर्धारित खेलमा एक बल पनि फाल्न सकिएन। खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

    सेमिफाइनलमा श्रीलंकाले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

    images