काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले शुक्रबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहाब आलम र शेर मल्ल रहेका छन्।
अक्टोबर ९ देखि सुरु हुने यस सिरिजमा नेपाल, ओमान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। सिरिजअन्तर्गत नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा पुनः क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका रहेको छ।


