काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



