काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइबार सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोवार भइरहेको छ ।



