काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।



