काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



