काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।



