काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



