काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेछ ।
आज सुन तोलामा २२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो । शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।



