काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



