काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।



