काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा २१ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



