काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



